एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै

काठमाडाैं | असार २१, २०८०

एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै तस्बिर फाइल

काठमाडौं:    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ ।


हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न भन्दै आजका लागि बैठक सारिएको हो ।


राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसईई नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ ।


उहाँले भन्नुभयो, ‘‘दिउँसो १ बजे एसईईको नतिजा प्रकाशनको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । सकेसम्म आज साँझ नै नतिजा प्रकाशित गर्छौ, नत्र भोलि साँझसम्म नतिजा आउँछ ।’’


गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ ।


गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्